२२ जेठ २०८३, शुक्रबार

संविधान संशोधन नभएसम्म  संविधान दिवस मनाउँदैनौँ : नेता महतो

असोज १, २०७५
संविधान संशोधन नभएसम्म  संविधान दिवस मनाउँदैनौँ : नेता महतो

नेपालगञ्ज- राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संविधान संशोधन हुनुपर्ने मागबाट आफ्नो दल पछि नहट्ने बताउनुभएको छ । 
आज यहाँ आयोजित बाँके जिल्लास्तरीय कार्यकर्ता भेलामा उहाँले भन्नुभयो, “हाम्रो मागबमोजिम संविधान संशोधन नभएसम्म हामी संविधान दिवस मनाउँदैनौँ ।” 

अर्का नेता अनिल झाले सरकारले करको दर बढाएर सङ्घीयता असफल पार्ने प्रयास गरेको आरोप लगाउनुभयो । 
भेलामा पार्टीका कार्यकर्ता र केन्द्रीय नेताबीच पार्टी सङ्गठन, मुलुकको राजनीति र विकास निर्माणलगायतका विषयमा छलफल गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्