
काठमाडौं — अमेरिकाको कनेक्टिकटमा बस्ने एक व्यक्तिले छोरीका लागि एक डलरको लटरी टिकट किनेकोमा ग्रान्ड प्राइज पाएका छन् ।
पुरस्कारमा एकैचोछि चार लाख डलर लिने कि हरेक महिना दुई हजार डलर लिने भनी शर्त राखिएको थियो ।
छोरीले एकैचोटि सबै पैसा नलिएर हरेक महिना पैसा लिने विकल्प छानिन् ।
स्कूलको पढाइ सकिएपछि छोरीले उपहारस्वरूप लटरी टिकट पाएकी थिइन् र त्यसबाटै उनले जिन्दगीभरि दुई हजार डलर पाउने भएकी हुन् ।
एजेन्सी