१५ असार २०८३, सोमबार

माधव घिमिरेलाई महाउज्ज्वल राष्ट्रदीप, झमकलाई कीर्तिमय राष्ट्रदीप

माधव घिमिरेलाई महाउज्ज्वल राष्ट्रदीप, झमकलाई कीर्तिमय राष्ट्रदीप

काठमाडौं— राष्ट्रकवि माधव घिमिरेले महाउज्ज्वल राष्ट्रदीप मानपदवीले विभूषित हुने भएका छन् ।

संविधान दिवस २०७५को अबसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न व्यक्तिलाई मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गर्नु भएको गृह मन्त्रालयले सूचना मार्फत जनाएको छ । 

राष्ट्रकवि घिमिरे सरह अम्बर गुरुङलाई पनि मरणोपरन्त महाउज्ज्वल राष्ट्रदीप मानपदवी दिइने भएको छ । साहित्यकार दिनेशहरि अधिकारीलाई सुकीर्तिमय राष्ट्रदीप तथा झमककुमारी घिमिरेलाई कीतिमय राष्ट्रदीप मानवदवी दिने घोषणा गरिएको छ । 

हरि प्रसाद रिमाललाई पनि मरणोपरन्त सुकीर्तिमय राष्ट्रदीप पदवी दिने घोषणा भएको छ । संस्कृतिविद् डा जगमान गुरुङलाई उज्ज्वल कीर्तिमय राष्ट्रदीप पदवीद्वारा विभूषित गर्ने घोषणा भएको गृह मन्त्रालयले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्