
महोत्तरी–सोनमा गाउँपालिका– ८ सिंग्हासिनीकी १४ वर्षीया कविताकुमारी यादवको बलात्कार र हत्या भएको २३ दिन बितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । प्रहरीले पक्राउ गरेर मुद्दा चलाएका पाँचैजनालाई जिल्ला अदालतले सफाइ दिएको छ ।
सिंग्हासिनीका रामएकवाल यादवकी १४ वर्षीया छोरी कविता १२ भदौदेखि हराएकी थिइन् । उनको शव १४ भदौमा गाउँकै रामजानकी कुटीस्थित इनारमा भेटिएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।