०१ साउन २०८३, शुक्रबार

बाटिकाले मिस्टर एण्ड मिस नेपाल आइकन गर्दै

बाटिकाले मिस्टर एण्ड मिस नेपाल आइकन गर्दै

काठमाडौं – बाटिका इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा मिस्टर एण्ड मिस नेपाल आइकन २०१८ हुने भएको छ ।

देशैभरका विभिन्न कलेजमा अध्ययनरत १६ वर्षदेखि २८ वर्ष उमेर समूहका युवायुवतीले प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्ने छन् । गत शनिवार हाडिगाउँस्थित धन्वन्तरी स्पोर्टसमा प्रथम चरणको अडिसन सम्पन्न भएको छ ।

करीब १७ जना प्रतियोगीबाट ३ जना पुरुष र ५ जना महिला गरी ८ जना प्रतियोगी छनौट भएका छन् । अडिसनमा निर्णायक मिस नेपाल २००० उषा खड्गी, वेलकम एडभरटाइजिङ्ग एण्ड मार्केटिङ्गकी मिडिया, सेल्स एण्ड बिजिनेस डेभलपमेन्ट म्यानेजर बिपुला जोशी खनाल, लोकप्रिय गायिका रेखा शाह र बाटिका इन्टरटेन्मेन्ट प्रालिकी प्रबन्ध निर्देशक तथा मिसेज हिमालय नेपाल गोमा अधिकारी धितालको प्रश्नलाई प्रतिस्पर्धीले सामना गर्नुपर्ने छ ।

दोस्रो चरणको अडिसन आगामी शनिवार टेकुस्थित बिजिनेज पार्कको मसला कटेजमा हुनेछ । अडिसन करीब ३ हप्तासम्म चल्ने छ ।

अडिसनबाट करीब २५ जना महिला र २५ जना पुरुषको छनौट गरी तालिम शुरू गरिने बाटिका इन्टरटेन्मेन्ट प्रालिकी प्रबन्ध निर्देशक गोमा अधिकारी धितालले बताइन् । कार्यक्रमकी अफिसियल कोरियोग्राफी मिस नेपाल २००० उषा खड्गी रहने छिन् । तालिम अवधिमा विभिन्न उच्च पदस्थ व्यक्तित्वलाई आमन्त्रण गरिने छ ।

उनले भनिन्, ‘प्रतियोगिताका विजेताले १÷१ लाख रुपैयाँ नगद र स्मार्ट टीभी प्राप्त गर्ने छन् र २ जना विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा भाग लिन पाउने छन् । ४ जना विजेताले पेन्टागन कलेजमा बीबीएस वा बीएसडब्लूमा पूर्ण छात्रवृत्ति प्राप्त गर्ने छन् ।’

salt training

कमेन्ट गर्नुहोस्