२१ जेठ २०८३, बिहीबार

भाडा बढेपछि मंगलबारदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने व्यसायीको तयारी

असोज ७, २०७५
भाडा बढेपछि मंगलबारदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने व्यसायीको तयारी
फाइल फोटो

काठमाडौं – सार्वजनिक यातायातको भाडा १० प्रतिशतले वृद्धि भएसँगै व्यवसायीहरूले दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मंगलबारदेखि दशैंमा काठमाडौंबाट घर जाने यात्रुहरूका लागि अग्रिम टिकट बुकिङ खोल्ने तयारी गरेको हो ।

यातायात व्यवस्था विभागले शनिवार सार्वजनिक यातायातको भाडा १० प्रतिशतले वृद्धि गर्ने निर्णय गरे पनि व्यवसायीहरूले आधिकाकि पत्र नपाएको भन्दै सोमवार मात्रै टुंगो लाग्ने बताएका छन् ।

महासंघका महासचिव सरोज सिटौलाले सरकारको आधिकारिक चिट्ठी पाएपछि बैठक बसेर अग्रिम टिकट खोल्ने बताए ।

उनले भने, ‘लामो समयदेखि नबढेको भाढा बढेको भन्ने सुनेका छौं, सम्भावतः आज आधिकारिक चिट्ठी पाउँछौं, सोमबार हामी बैठक बसेर टुंगो लगाउछौं ।’ मंगलबारदेखि बुकिङ खुल्ने उनको संकेत ।

व्यवसायीहरूले पटक–पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपनि यातायातको भाडा नबढाएको भन्दै बुकिङ खोल्न असहमति जनाएका थिए । 

सरकारले भने दशैंको मुखमा भाडा बढाउँदा सरकार र व्यवसायी दुवैका लागि राम्रो नहुने भन्दै यसमा सहमति जनाएको थिएन । अन्तत: व्यवसायीहरूको अडानसामु सरकारको केही लागेन ।

एक महिनामा दुई पटक गरेर डिजेलमा प्रतिलिटर ६ रुपैयाँ वृद्धि भएपछि महासंघले बस भाडा वृद्धि गर्न वा डिजेलमा गरिएको मूल्य वृद्धि फिर्ता लिन ४८ घण्टे अल्टिमेटम दिएको थियो ।

वृद्धि भएको भाडा आइतवार (७ असोज) बाट लागू भएको छ  । २०७२ सालपछि यातायात भाडा वृद्धि भएको थिएन ।

salt training

कमेन्ट गर्नुहोस्