काठमाडौं, २९ मंसिर — स्वास्थ्य मन्त्री गगनकुमार थापासँग १६ तोला सुन रहेको सरकारले जनाएको छ । साथै उनीसँग दुई सय तोला चाँदी रहेको छ । उनले श्रीमतीको दाइजो आए, श्रीमतीको पेवा, पैत्रिक तथा स्वआर्जनबाट सो सुन चाँदि जम्मा भएको बताएका छन् । उनको थुप्रै बैंक तथा संस्थाहरुमा शेयर रहेको जनाउका छन् ।