२५ जेठ २०८३, सोमबार

मारुती सिमेन्टलाई अन्तर्राष्ट्रिय स्तरको मापदण्ड प्राप्त

मारुती सिमेन्टलाई अन्तर्राष्ट्रिय स्तरको मापदण्ड प्राप्त

काठमाडौं – पूर्वाञ्चलको उदयपुरबाट सिमेन्ट उत्पादन गरिरहेको मारुती सिमेन्टलाई अन्तर्राष्ट्रिय स्तरको मापदण्ड प्राप्त भएको छ ।

मारुती सिमेन्ट १ दशक अगाडि नेपाली सिमेन्ट जगतमा एउटा महानायकको भूमिका निर्वाह गर्दै उत्पादन शुरू गरेको हो । नेपालकै पहिलो तथा निजी स्तरको सबैभन्दा ठूलो सिमेन्ट उत्पादन गर्ने स्वदेशी उद्योगको रूपमा स्थापना भएको थियो ।

पूर्वाञ्चलको उदयपुर पहाडी क्षेत्रमा रहेको आफ्नै चुनढुंगा खानीबाट अत्याधुनिक रोटेरी टेक्नोलोजीको ग्रीनफिल्ड प्लान्टद्वारा सर्वोत्कृष्ट ओपीसी सिमेन्ट–मारुती सिमेन्टको उत्पादन भइरहेको छ ।

मारुती सिमेन्टले आफ्नो गुणस्तरलाई अझ निखार्दै नेपाल गुणस्तर तथा नापतौल विभागबाट अन्तर्राष्ट्रिय स्तरको मापदण्ड प्राप्त गर्ने क्रममा क्लिंकर ओपीसी सिमेन्ट उत्पादन तथा बिक्री वितरणको लागि एनएस÷आईएसओ ९००१ः२०१५ (एनएस/आईएसओ ९००१ः२०१५) र क्लिंकर–कंशिङ, ग्राइन्डिङ र क्लिंकराइजेसन एवं ओपीसी सिमेन्ट (ग्राइन्डिङ र प्याकिङ) को लागि एनएस÷आईएसओ १४००१ः२०१५ (एनएस/आईएसओ १४००१ः२०१५) द्वारा सम्मानित नेपालकै पहिलो कम्पनी बन्न सफल भएको छ । सम्मानसँगै मारुती सिमेन्ट नेपालकै सर्वाधिक विश्वसनीय ब्राण्डको रुपमा स्थापित भएको छ ।

सम्मान ग्रहण गरे लगत्तै कम्पनीका ब्राण्ड म्यानेजर राजु श्रेष्ठले भने, ‘यसको मुख्य श्रेय सम्पूर्ण उपभोक्ता महानुभाव, शुभचिन्तकवर्ग तथा मारुती सिमेन्टसँग आवद्ध सम्पूर्ण सहकर्मीलाई दिन चाहन्छौं । साथै, कम्पनीको तर्फबाट आभार व्यक्त पनि गर्दछौं र आगामी दिनमा पनि अझ दरिलो विश्वासको साथ आफ्नो गुणस्तरलाई अझ निखार्दै र मजबुत बनाउँदै समृद्ध नेपाल बनाउने कार्यदिशामा सदैव अग्रसर रहिरहने छौं ।’ 

salt training

कमेन्ट गर्नुहोस्