३० जेठ २०८३, शनिबार

टिपरको ठक्करबाट मृत्यु भएकाको परिवारलाई २१ लाख क्षतिपूर्ति

टिपरको ठक्करबाट मृत्यु भएकाको परिवारलाई २१ लाख क्षतिपूर्ति

नुवाकोट– ककनी गाउँपालिका–१ कागती गाउँमा टिपरको ठक्करबाट मृत्यु भएकाको परिवारलाई रु. २१ लाख क्षतिपूर्ति दिने सहमति भएपछि तीनपीप्ले–सिसडोल सडक खुलेको छ । 

सोमबार साँझ वा ३ ख ३७३० नम्बरको टिपरको ठक्करबाट कागतीगाउँका ६० वर्षीय शेरबहादुर बलामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । 

स्थानीयवासीले उचित क्षतिपूर्तिको माग गर्दै सडक अवरोध गरेकामा टिपरधनीले दिने क्षतिपूर्ति रकममा सहमति भएपछि सडक खुलेको ककनी– १ का वडाध्यक्ष चन्द्रबहादुर बलामीले बताए । 

सडक खुलाउने क्रममा स्थानीयवासी र प्रहरीबीच झडप हुँदा भीडलाई तितरवितर बनाउन प्रहरीले तीन राउण्ड हवाई फायरसमेत गरेको वडाध्यक्ष बलामीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्