
लहान– प्रदेश नम्बर २ को सिराहाबाट एक डाक्टर अपहरणमा परेका छन् ।
मंगलबार साँझ डा. सुवास यादवलाई ५ जनाको समूहमा आएका अज्ञात ब्यक्तिहरुले लहानबाट अपहरण गरेको प्रहरीले जनाएको छ ।
मकवानपुरको हेटौंडास्थित सहकारी अस्पतालमा कार्यरत डा. यादव पछिल्लो एक महिनायता लहानस्थित आफन्तकहाँ बस्दै आएका थिए । उनलाई कसले र किन अपहरण गरेको हो भन्नेबारे खुल्न सकेको छैन ।
सिराहाका प्रमुख एसपी जीवन श्रेष्ठले अपहरण भएको सूचना पाएसँगै प्रहरी परिचालन गरेर खोजतसाल गरिरहेको जनाएका छन् ।