१४ असार २०८३, आइतबार

६० हजारमा चिया पसलमै बन्छ नागरिकताको प्रमाणपत्र

असोज १०, २०७५
६० हजारमा चिया पसलमै बन्छ नागरिकताको प्रमाणपत्र

 राजविराज- सप्तरीबाट किर्ते नागरिकता बनाएकाको सूची थपिँदै गएको छ । यहाँबाट कुख्यात भारतीय अपराधीदेखि, भारतीय र बंगलादेशीले नेपाली नागरिकताको प्रमाणपत्र बनाएको तथ्य सार्वजनिक भइरहेका बेला थप तीनवटा फेला परेका छन् । ती तीनवटै रकम लिएर चिया पसल, होटेलका कोठामा बनाइएको खुलासा भएको छ ।
अाजकाे कान्तिपुर दैनिक लेख्छ- पछिल्लोपटक भारतीय नागरिकहरू मन्टुकुमार साह, रामरित रजक र रवि रौनियारको किर्ते नागरिकता फेला परेको हो । 

सप्तरी जिल्ला ठेगाना देखाई किर्ते नागरिकता लिएका एक भारतीय नागरिकले ६० हजार रुपैयाँमा नेपाली नागरिकता लिएको प्रहरीसमक्ष बयान दिएका छन् । केही दिनअघि सुनसरीको इटहरी प्रहरीले पक्राउ गरी आवश्यक कारबाहीका लागि सप्तरी पठाएको भारतीय नागरिक रवि रौनियारले नागरिकता बनाउनुअघि ५० हजार र बनिसकेपछि १० हजार दिएर राजविराजको नेताचोकस्थित चिया पसलमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको बयान दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्