
काठमाडौं-कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानका लागि गृह मन्त्रालयले बनाएको उच्चस्तरीय छानबिन समितिले दोषी पत्ता नलगाई प्रतिवेदन बुझाएको छ ।
मंगलबार समितिले गृहमन्त्री रामबहादुर थापालाई निर्मला बलात्कार तथा हत्या प्रकरण अनुसन्धानमा प्रहरीतर्फबाटै गम्भीर लापर्बाही भएको तथा अनुसन्धान नै प्रभावित हुनेगरी प्रमाण नष्ट गरिएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको हो ।
गृह मन्त्रालयले भने प्रतिवेदनमा समेटिएका कुरा सार्वजनिक गरेको छैन । गृहले ७ भदौमा निर्मला हत्या अनुसन्धानका लागि सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा छानबिन समिति बनाएको थियो । १० साउनमा घरबाट हिँडेकी निर्मला ११ साउनमा घरनजिक उखुबारीमा मृत भेटिएकी थिइन् ।
छानबिन समितिका संयोजक मैनालीले पहिले आएकै कुरा प्रतिवेदनमा समेटिएको बताए । राजधानी दैनिकमा विस्तृतमा खबर छापिएकाे छ ।