
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार(आज) सिंगापुर जाँदै छन् । प्रचण्ड आज राति ९ बजे सिल्क एयरलाइन्सको विमानबाट सिंगापुर जान लागेका हुन् ।
पत्नी सीता दाहालको उपचारको लागि प्रचण्ड त्यसतर्फ जान लागेका हुन् । प्रचण्डसँगै छोरी गंगा र भतिजा समिरपनि रहने छन् ।
कलेजो, सुगर, प्रेसर लगायत रोगबाट पीडित सीताको केही समय अघि भारतमा उपचार गराइएको भएपनि ठिन नभएपछि सिंगापुर लगिएको थियो । पुत्र प्रकाश दाहालको निधनपछि सीतामा थप समस्या देखिएको छ ।
यसअघि असार ४ गते प्रचण्ड पत्नी सिताको उपचारकोलागि करिब दुई साता सिंगापुर बसेका थिए ।
प्रचण्ड सिंगापुरमा रहेको समयमा विभिन्न व्यक्तिहरुसँग भेटघाट गरेको भन्दै राष्ट्रिय सभामा पनि सांसदहरुले जिज्ञासा राखेका थिए । नेकपाका अर्का अध्यक्ष केपी ओली अमेरिकाको भ्रमणमा रहेका छन् ।