०३ असार २०८३, बुधबार

आफूले भनेका व्यक्ति जागिरे नभएपछि नेविसंघद्वारा क्याम्पसमा आगजनी

आफूले भनेका व्यक्ति जागिरे नभएपछि नेविसंघद्वारा क्याम्पसमा आगजनी

बुटवल– लुम्बिनी बाणिज्य क्याम्पस बुटवलमा तोडफोड भएको छ । 

क्याम्पस प्रमुख डा. तारा प्रसाद उपाध्ययको कार्यकक्षमा समेत तोडफोड भएको छ । 

नेपाली कांग्रेस निकटको नेविसंघका कार्यकर्ताले क्याम्पसमा तोडफोड गरेका हुन् । 

नेविसंघका कार्यकर्ताहरुले तोडफोड गरेको क्याम्पस प्रमुख उपाध्यायले जानकारी दिए । 

आक्रमणकारीले क्याम्पस प्रमुखको कुर्सीमा मट्टीतेल छर्केर आगो लगाएका थिए । 

प्रहरीले क्याम्पसमा तोडफोड भएको र टेबुल कम्प्यूटर तथा गाडीमा आगजनी भएको बताएका छ । 

क्याम्पस समितिले मंगलबार ८ जना प्राध्यापक र ३ जना कर्मचारी नियुक्त गरेको विरोधमा नेविसंघले कलेजमा तोडफोड गरेको अन्य संगठनहरुको आरोप छ । क्याम्पसको पदपूर्तिसमितिले विज्ञापन जारी गरि खुल्ला तर्फ उपप्राध्यापक, कार्यालय सहायक तथा सहायक लेखापाल र आन्तिरिक विज्ञापनतर्फ दुई जना बढुवा भएका थिए । 

आफूले भनेको व्यक्तिलाई जागिर नलागएका कारण नेविसंघले आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।
 

salt training

कमेन्ट गर्नुहोस्