२७ असार २०८३, शनिबार

धनगढीका मेयरकै नेतृत्वमा प्रदेश राजधानी सारिएको विरोधमा प्रदर्शन

असोज १०, २०७५
धनगढीका मेयरकै नेतृत्वमा प्रदेश राजधानी सारिएको विरोधमा प्रदर्शन

धनगढी – ७ नम्बर प्रदेशको राजधानी धनगढीबाट गोदावरी नगरपालिका–४ मा सारिएपछि विरोध प्रदर्शन हुन थालेको छ ।

प्रदेशको नाम र राजधानीबारे सुझाव संकलन गर्न गठिन भएको विशेष समितिको प्रतिवेदन मंगलवार प्रदेशसभा बैठकमा पेश गरिएको थियो । प्रतिवेदनमा प्रदेशको नाम ‘सुदूरपश्चिम’ र प्रदेश राजधानी कैलाली जिल्लाकै गोदावरी नगरपालिका तोक्न सिफारिस गरिएपछि विरोध प्रदर्शन हुन थालेको हो ।

प्रदर्शनका क्रममा ७ नम्बर प्रदेशको राजधानी धनगढी कायम गर, गोदावरी मान्दैनौं, जंगल फँडानी गरेर राजधानी बनाउन पाइँदैन, मुख्यमन्त्री राजीनामा दे लगायतका नाराबाजीसहित प्रदेशसभा अगाडि टायर बालेर प्रदर्शन भएको छ ।

विरोध प्रदर्शन नेपाली कांग्रेसको अगुवाइमा भइरहेको जनाइएको छ । यति मात्रै नभई नेपाली कांग्रेसबाट निर्वाचित धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले नै नेतृत्व गरिरहेका छन् ।

‘धनगढीबाट राजधानी सराउने योजना प्रदेशसभा सदस्य र मन्त्रिमण्डलका सदस्यहरूले गरेका छन् । आँखिर धनगढी किन स्थायी राजधानी बनाउन सकिरहेका छैनन् ? यसको जवाफ चाहियो । यो यिनीहरू पूर्वाग्राही ढंगले धनगढीबाट सारेका छन्,’ मेयर वडले भने, ‘अर्बौ, खर्बौं रकम सिध्याएर अब धनगढी राजधानी किन बन्न सक्दैन ? के समस्या भयो ?’

राजधानी बनाउन धेरै मेहनत गरेको बताउँदै मेयर वडले भने, ‘हामी धनगढीलाई राजधानी बनाउन धेरै पापड बेलेका छौ । ३५ वर्ष दिपायलमा रहेको राजधानी धनगढीमा ल्याएका छौं । अब उनीहरुलाई अभाव के भयो ? जमिनको कुरा गर्ने हो भने धनगढी उपमहानगरपालिकाले उपलब्ध गराउँछ । नेसनल ट्रेडिङको जग्गा छ । सीडीओ कार्यालयको जग्गा छ । एसपी कार्यालयको जग्गा छ । सडक विभागको जग्गा छ ।’ धनगढी स्थायी राजधानी बनाएर छोड्ने समेत मेयर वडको भनाई छ ।

प्रदेशसभा अगाडि प्रदर्शन भइरहेको बेला प्रदेशसभा बैठक समेत जारी रहेको छ । आन्दोलनकारीले धनगढी बन्दको घोषणा समेत गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्