०७ साउन २०८३, बिहीबार

स्वास्थ्योपचारपछि स्वदेश फर्किए राणा, विमानस्थलबाटै सरकारलाई गरे यस्तो आग्रह

स्वास्थ्योपचारपछि स्वदेश फर्किए राणा, विमानस्थलबाटै सरकारलाई गरे यस्तो आग्रह
फाइल तस्बिर

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबरा भारतको एपोलो अस्पतालमा स्वास्थ्यापचार गरी आज स्वदेश फर्किएका छन् । 

करीब दुई साता अगाडि भारत गएका राणाको गत साता पायल्सको शल्यक्रिया सम्पन्न भएको पार्टीका महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए । स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष राणाले पछिललो समय मुलुकमा महिला हिंसा, बलात्कार र हत्याका घटना बढ्दै गएकाले यसप्रति सरकारलाई गम्भीर बन्न आग्रह गरे ।

उनले देशमा अहिले महंँगी र भ्रष्टाचार न्यूनीकरण हुन नसकेका कारण उपभोग्य वस्तुको मूल्यवृद्धि भई सर्वसाधारण उपभोक्ता मारमा परेकामा चिन्ता व्यक्त गर्दै सरकारले बजारको नियमित अनुगमन गरी कालाबजारीमाथि कारवाही गर्नुपर्नेमा जोड दिए । 

यसैबीच राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले जनताको दैनिक जीवनमा अत्यावश्यक रुपमा प्रयोग हुने पेट्रोलियम पदार्थमा नेपाल आयल निगमले पटक पटक गरेको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्