२२ जेठ २०८३, शुक्रबार

फेरि अनसन बस्ने गोविन्द केसीको चेतावनी

असोज ११, २०७५
फेरि अनसन बस्ने गोविन्द केसीको चेतावनी

काठमाडौं– गोविन्द केसीले संसद्मा विचाराधीन चिकित्सा शिक्षा विधेयक संसदको चालु अधिवेशनबाटै पारित नभए १६ औं अनशन बस्ने चेतावनी दिएका छन् ।

संसदको चालु अधिवेशनबाट विधेयक पारित नहुने संसदको स्वास्थ्य तथा शिक्षासम्बन्धी समितिका सभापतिको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै केसीले पुनस् अनशन बस्ने चेतावनी दिएका हुन् । 
उनले अब हुने सत्याग्रह चिकित्सा शिक्षा र सेवा मात्र नभई कुशासन गर्ने सबैविरुद्घको लडाइँ हुने बताए । ‘चालु अधिवेशन लम्ब्याएर वा जसरी होस् चिकित्सा शिक्षा विधेयक पारित भएन भने म १६ औं अनशन गर्न बाध्य हुनेछु,’ केसीले  भने, ‘भोलि (बिहीबार) संसद् अधिवेशन अन्त्य गर्ने खेल हुँदै छ । चिकित्सा विधेयक पारित नगर्ने षड्यन्त्र भयो ।’ उनले आफूसँग गरेको सम्झौता कार्यान्वयन गर्न सरकार उदासीन रहेको आरोपसमेत लगाए । आफ्नो स्वार्थ पूरा नहुने भएपछि विधेयक तुहाउने र अलमल्याइराख्ने षड्यन्त्र संसद्मा सुरु भएको उनले दाबी गरे । कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्