०८ असार २०८३, सोमबार

उपसचिवको बैंक खातामा स्रोत नखुलेको २ करोड

असोज ११, २०७५
उपसचिवको बैंक खातामा स्रोत नखुलेको २ करोड

काठमाडाैं-घुससहित पक्राउ परेका एक कर्मचारीको बैंक खातामा २ करोड रुपैयाँ फेला परेको छ । बैंक खातामा रहेको रकमको स्रोत खुलाउन नसकेकाले त्यो रकम भ्रष्टाचारबापतकै भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ ।

२ महिनाअघि घुससहित पक्राउ परेका डिभिजन सडक कार्यालय रुपन्देहीका डिभिजन इन्जिनियर (उपसचिव) सुरेश ठाकुरको बैंक खातामा २ करोड रुपैयाँभन्दा बढी रकम भेटिएको हो । उनी १२ साउनमा ३६ लाख ७२ हजार रुपैयाँ घुससहित बुटवलमा पक्राउ परेका थिए । आजको नयाँ पत्रिकामा खबर  छ ।

salt training

कमेन्ट गर्नुहोस्