०३ असार २०८३, बुधबार

दुर्घटना कम गर्न राजमार्ग छेउछाउमा ट्राफिक सचेतना बोर्ड

दुर्घटना कम गर्न राजमार्ग छेउछाउमा ट्राफिक सचेतना बोर्ड
सन्दर्भ तस्वीर

स्याङजा-स्याङ्जाको वालिङ नगरपालिकाअन्तर्गत सिद्धार्थ राजमार्गको छेउछाउमा ट्राफिक सचेतनामूलक सूचना बोर्ड राखिएको छ । भारतीय पर्यटकका साथै सार्वजनिक र निजी सवारी साधन बाक्लो रूपमा गुड्ने भएकाले सडकखण्डको विभिन्न ठाउँमा ट्राफिक नियमको जानकारीसहितका सूचना बोर्ड राखिएको हो । 

बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ३ बजेदेखि ५ बजेसम्म कुनै पनि मालबाहक बस, ट्रकबाट सामान बजार क्षेत्रमा लोड–अनलोड गर्न नपाउने गरी कडाइ गरिएको ट्राफिक कार्यालय वालिङका हबल्दार शङ्कर रिमालले जानकारी दिनुभयो । 

सार्वजनिक यातायतका साधन जीपलाई भने काँडेपानी र शीतलनगरको खुला ठाउँमा पार्किङ गर्ने व्यवस्था मिलाइएको रिमालले बताउनुभयो । ट्राफिक कार्यालयले तोकेको मापदण्डबिपरीत पार्किङ र समान लोडअनलोड गर्ने सवारी साधनलाई कडा कारवाही गर्ने ट्राफिक कार्यालयले जनाएको छ ।

चाडपर्व नजिकिएसँगै सवारी चेकजाँचमा कडाइ गरेको ट्राफिक प्रहरीले चाडपर्वको समयमा बढी भीडभाड हुने स्थानमा सवारी साधनको व्यवस्थापन र हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरण लागि वालिङ उद्योग वाणिज्य सङ्घको सहयोगमा १० वटा सूचना बोर्ड राखिएको हो । सङ्घका अध्यक्ष शोभाकान्त पौडेलले बजार क्षेत्रमा ट्राफिक व्यवस्थापनको लागि सङ्घको तर्फबाट सहयोग गर्दै आएको बताउनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्