३१ असार २०८३, बुधबार

अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट्दा खुसी देखिए प्रधानमन्त्री ओली

अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट्दा खुसी देखिए प्रधानमन्त्री ओली

न्युयोर्क– प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ । उहाँहरूबीच करिब दुई मिनेट कुराकानी भएको हो ।

संयुक्त राष्ट्र संघको महासभाको ७३औँ अधिवेशनमा भाग लिन न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र ट्रमबीच परिचयसँगै छोटो कुराकानी भएको हो । भेटमा उहाँले ट्रम्पले गरेको शान्तिको पहलको प्रशंसासमेत गर्नु भयो ।

अधिवेशनमा भाग लिन अाउनेहरुसँग अमेरिकी राष्ट्रपतिले संक्षिप्त कुराकानी गर्दै फोटो खिच्ने प्रचलन छ । साेही क्रममा प्रधानमन्त्री अाेली र ट्रमबीच कुराकानी भएकाे हाे । 

salt training

कमेन्ट गर्नुहोस्