०२ साउन २०८३, शनिबार

सुदूरपश्चिम नाम र गोदावरी राजधानीका कारण धर्मसंकटमा कांग्रेस सांसद, ‘पार्टीले कार्टुन बनायो’

असोज १२, २०७५
सुदूरपश्चिम नाम र गोदावरी राजधानीका कारण धर्मसंकटमा कांग्रेस सांसद, ‘पार्टीले कार्टुन बनायो’

धनगढी– सुदूरपश्चिम प्रदेश (साविक प्रदेश–७) को राजधानी गोदावरी तोकिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विरोध जनाइरहँदा नेपाली काँग्रेसकै एक जना प्रदेश सभा सदस्य भने धर्म संकटमा परेका छन् ।

गत साउन १४ गते नेकपाका प्रदेश सभा सदस्य तारा लामा तामाङको संयोजकत्वमा ५ सदस्यीय सुझाव संकलनको लागि विशेष समिति गठन गरिएको थियो । जुन समितिमा नेपाली काँग्रेसको तर्फबाट कञ्चनपुर जिल्लाबाट समानुपातिक कोटाबाट चयन भएका प्रदेश सभा सदस्य श्यामलाल रानाले प्रतिनिधीत्व गरेका छन् । उनी सम्मिलित समितिले तयार पारेको प्रतिवेदनको विरुद्ध उनकै दल नेपाली काँग्रेस उभिएपछि उनी हाल धर्मसंकटमा फसेका हुन् ।

नेपाली काँग्रेसका प्रदेश सभा सदस्य कर्ण मल्लले विशेष समितिको प्रतिवेदनको विरोध जनाउँदै आफ्नै दलबाट समितिमा प्रतिनिधित्व जनाएको प्रदेश सभा सदस्यबाट गम्भिर लापरवाही भएको आरोप लगाए । पार्टीको म्यान्डेडलाई लत्याउँदै समितिमा बसेका सदस्यले मुग्दर्शक बनेकोले गल्ती सच्याउनुपर्ने मल्लको भनाइ थियो ।

तपाईको दलबाट समितिमा प्रतिनिधित्व जनाउने प्रदेश सभालाई कारवाही हुन्छ त ? भन्ने सञ्चारकर्मीको जिज्ञासामामा उनले भने, ‘उहाँले समितिमा रहेर जुन भूमिका निर्वाह गर्नुपर्थ्याे  त्यो गर्नुभएन । उहाँले आफूलाई सच्चाउनुपर्छ । कारवाही त हुँदैन ।’

तर समितिका सदस्य समेत रहेका प्रदेश सभा सदस्य रानाले आफुले समितिमा रहेर इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गरेको दाबी गर्दै आफु प्रतिवेदनको पक्षमा उभिनुको साथै पार्टीको हृवीपलाई समेत मान्ने बताए ।

लोकान्त्तरसंग उनले भने, ‘मैले प्रतिवेदनको पक्षमा उभिनै पर्छ । अर्कोतिर पार्टीको धारणा अलग्गै भएकोले पार्टीको हृवीपलाई पनि मान्नुपर्ने अवस्था आउँछ ।’

आफु इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गरेको दाबी गर्दै उनले बरु पार्टी नै चुकेको ठोकुवा गरेका छन् । ‘म कहाँनिर गल्ती गरे ? देखाइदिनुस् । पार्टीले मलाई नपठाएको भए म जाने नै थिएन नि । नियम विपरित छ, भनेर पार्टीले कहिल्यै तपाई नबस्नुस् भनेको छैन । यहाँनिर पार्टी चुकेको छ । प्रतिवेदन आइसकेपछि मेरो गल्ती देख्नुलाई के भन्ने ?’ उनले प्रतिपश्न गरे । 


त्यस्तै उनले पार्टीले आफुलाई कार्टुन बनाएको समेत दुखेसो व्यक्त गरेका छन् । हाल आफुलाई सुरक्षा चुनौती समेत बढेको प्रदेश सभा सदस्य रानाले जनाउ गरे ।

समितिकै प्रतिवेदनलाई सदर गर्दै प्रदेश सभाबाट शुकबार प्रदेश नं. ७ को राजधानी कैलालीको गोदावरी नगरपालिका–२, र ४ मा र नाम सुदूरपश्चिम प्रदेश तोक्ने भनी दुई तिहाई बहुमतले निर्णय भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्