०९ असार २०८३, मंगलबार

अस्ट्रेलियाको प्रहरीले किन मान्छेलाई पैसा दिएर वेश्यागमन गर्न लगाएका ?

कात्तिक २०, २०७४
अस्ट्रेलियाको प्रहरीले किन मान्छेलाई पैसा दिएर वेश्यागमन गर्न लगाएका ?
काठमाडौं, ३ असोज — अस्ट्रेलियाको प्रहरीले सेक्स धन्धाको पर्दाफास गर्नका लागि अनौठो उपाय अपनाएको छ ।australia-police-stateवास्तवमा सेक्स धन्धा गुपचुप चलाइएको हुन्छ । प्रहरीले पनि यसको छनक पाइरहेका हुँदैनन् । यस्तो सेक्स धन्धालाई नियन्त्रण गर्न अनि अपराधीहरूलाई पक्रिनका लागि अस्ट्रेलियाको प्रहरी नयाँ उपाय अपनाउन बाध्य भएको हो । प्रहरीले केही मान्छे पैसा दिएर नियुक्त गरेको छ । यी मान्छेको काम भनेको यौनकर्मीहरूसँग शारीरिक सम्बन्ध कायम राख्ने अनि तिनीहरूबाट सेक्स धन्धा चलाउने अपराधीका बारेमा सूचना धुत्ने हो । त्यसपछि यी प्रहरीका जासुसहरूले सबै जानकारी प्रहरीलाई दिन्छन् अनि प्रहरीले सेक्स धन्धा चलाउने मान्छेलाई पक्राउ गर्छ । ६० वर्षीय जोनले यस काममा अस्ट्रेलियन प्रहरीलाई दत्तचित्त भई मद्दत पु-याइरहेका छन् । ‘पैसा खर्च गरेर सेक्स गर्ने पुरुष त धेरै भेटिएलान्, पैसा कमाउँदै सेक्स गर्ने अनि प्रहरीलाई मद्दत पु-याउने म त भाग्यमानी हुँ नि,’ उनले भने । जोनका अनुसार उनको काम जानकारी हासिल गर्ने मात्र नभई प्रमाण खोज्ने पनि हो । यसरी संकलन गरिएको प्रमाण नै अदालतमा पेश गरिने हो । तर यस काममा जोखिम पनि छ । सेक्स धन्धा चलाउने अपराधीले थाहा पाए भने ज्यानै पनि लिन सक्छन् । एजेन्सीबाट

salt training

कमेन्ट गर्नुहोस्