०४ साउन २०८३, सोमबार

पूर्वगृहमन्त्री शर्माद्वारा नगर अस्पताल उद्घाटन

असोज १२, २०७५
पूर्वगृहमन्त्री शर्माद्वारा नगर अस्पताल उद्घाटन

मुसिकोट,  पूर्वगृहमन्त्री जनार्दन शर्माले आठविसकोट नगरपालिकामा २५ श्ययाको नगर अस्पताल आज एक समारोहबीच उद्घाटन गर्नुभयो । 

साबिक आठविसकोट स्वास्थ्य चौकीको भवन र दीपज्योति आधारभूत विद्यालयको भवनमा सो अस्पताल सञ्चालन गरिएको छ । अस्पतालको निर्माण तथा सम्पूर्ण व्यवस्थापन कार्य सम्पन्न भएपछि गत ७ गतेदेखि अस्पतालले सेवा शुरु गरेको थियो । 

अस्पतालबाट विशेषज्ञ सेवा प्रवाह गर्नका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले डाक्टर दिलसाही रोकालाई यहाँ पठाइएको अस्पतालले जनाएको छ । 

आठविसकोट नगरपालिका, जाजरकोटको नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका सेवाग्राहीलाई लक्षित गर्दै नगरपालिकाले नगर अस्पताल सञ्चालन ल्याएको हो । नगर अस्पताल सञ्चालनका लागि नगरपालिकाले गत आर्थिक वर्षको ८० लाख र चालू आवको ४० लाख गरी कूल एक करोड २० लाख लगानीमा अस्पताल सञ्चालनमा ल्याएको छ । अस्पतालबाट एक्सरे, ल्याबटेस्ट, फार्मेसी, प्रसूति, इसिजीलगायत सेवा उपलब्ध हुने बताइएको छ । 

सो अवसरमा पूर्वगृहमन्त्री जनार्दन शर्माले स्वास्थ्य सेवा जनताको पहिलो प्राथमिकतामा पर्ने भएकाले जनतामा यसको सहज पहुँच स्थापित गरी गुणस्तरीय र सुलभ सेवा उपलब्ध गराउनका लागि अस्पताल लाग्नुपर्नेमा जोड दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्