०२ असार २०८३, मंगलबार

‘अब उच्च अदालतमै प्रशासकीय इजलास’

असोज १३, २०७५
‘अब उच्च अदालतमै प्रशासकीय इजलास’

काठमाडौँ–अब सबै उच्च अदालतले प्रशासकीय अदालतका रूपमा काम गर्न पाउने गरी प्रशासकीय अदालत गठन विधेयक पारित भएको छ । राष्ट्रियसभाबाट पारित विधेयक प्रतिनिधिसभाबाट पारित हुन बाँकी छ । दुबै सदनबाट विधेयक पारित भई विधेयक प्रमाणीकरण भएसँगै निजामती सेवा ऐन, २०४९ अनुसार गठित प्रशासकीय अदालतको अस्तित्व सकिनेछ, गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ  । 
कर्मचारीका सरुवा, बढुवा र विभागीय कारबाही लगायतका प्रादेशिक क्षेत्रधिकार भित्रका मुद्दा हेर्नका लागि सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम इजलास गठन हुनेछन् । 
यसअघि केन्द्रमा प्रशासकीय अदालत नै रहने मूल विधेयकको प्रावधान राष्ट्रियसभाले हटाएको छ । राष्ट्रियसभाले मूल विधेयकको दफा (३) पूर्ण रुपमा परिमार्जन गरेको हो । 
विभागीय कारबाही, सरुवा, बढुवा लगायतका विषय रिटमार्फत उच्च र सर्वोच्च अदालतमा पुगेपछि मुद्दाको चाप बढेको भन्दै यस्ता मुद्दामा प्रशासकीय अदालतको आदेश अन्तिम हुने गरी सरकारले विधेयक संसद्मा प्रस्तुत गरेको थियो । तर, राष्ट्रियसभाबाट पारित विधेयकले प्रशासकीय अदालतको केन्द्रीय संरचना समेत नरहने गरी उच्च अदालतमा नै प्रशासकीय अदालतको काम गर्ने गरी इजलास कायम गर्ने कानुनी व्यवस्था गरेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्