२९ असार २०८३, सोमबार

पसिना गनाउँछ ? यी खानेकुरा खान छोड्नुस् !

कात्तिक २०, २०७४
पसिना गनाउँछ ? यी खानेकुरा खान छोड्नुस् !
काठमाडौं, १३ फागुन — पसिना सबैलाई आउँछ । कसैलाई कम, कसैलाई ज्यादा । कसैकसैलाई चाहिँ साह्रै पसिना आउँछ अनि गनाएर उनीहरूको नजिकै बस्न पनि सकिँदैन । उनीहरूलाई लाजमर्दो स्थिति आउँछ । अनेक सेन्ट र पर्फ्युम लगाएपनि उनीहरूको पसिना गनाउँछ ।


तपाईंलाई पनि यो समस्या छ भने आफ्नो खानपिनमा ध्यान दिनुहोला ।

तपाईंको खानामा सल्फरको मात्रा धेरै छ भने यो समस्या आइलाग्छ । लसून प्याजमा सल्फरको मात्रा धेरै हुन्छ । अनि बुर्काउली, बन्दा र काउली पनि कमै खाएको राम्रो ।

जाँड खानुहुन्छ भने पसिना गनाउने यो पनि एक कारण हुन सक्छ । जाँड पिएको एक दिनभरि तपाईंको शरीर गनाउँछ ।

कोही चाहिँ बडो रमाई रमाई चुइंगम चपाउँछन् । तर यसमा चिनी र कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ । यसले दाँत र जिभ्रोमा एउटा पत्र बनाउँछ जसका कारण त्यहाँ ब्याक्टेरिया उत्पन्न हुन्छन् र मुख गनाउन थाल्छ ।

पसिना गनाउँछ भने धेरै फलफूल खान थाल्नुस् । अनि पानी पनि टन्न पिउनुस् र मसला हालेको खानेकुरा नखानुस् ।

पञ्जाब केसरीबाट

salt training

कमेन्ट गर्नुहोस्