२३ असार २०८३, मंगलबार

प्रधानमन्त्री ओली कोस्टारिकामा

प्रधानमन्त्री ओली कोस्टारिकामा

काठमाडाैं-  प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा आज सान होजे आइपुग्नुभयो । 

उहाँलाई सान होजेको हुँवा सान्तामारिया अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति एप्सी क्याम्बेल बारले स्वागत गर्नुभयो । प्रधानमन्त्रीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य पनि रहनुभएको छ । 

प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा उहाँका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहनुभएको छ । 

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर कोष्टारिका जानुभएका प्रधानमन्त्री ओली मंगलबार न्युर्याेक हुँदै काठमाडौं फर्कनुहुने न्युर्याेक स्थित महाबाणिज्य दूतावासले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्