०९ असार २०८३, मंगलबार

प्रचण्ड पारिवारिक तनावमा, राजनीतिमा धक्का

असोज १४, २०७५
प्रचण्ड पारिवारिक तनावमा, राजनीतिमा धक्का
सन्दर्भ तस्वीर

काठमाडौं–पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) एक वर्षदेखि पारिवारिक तनावमा  छन् । पुत्रवियोगको शोकमा जीवनसँगिनी सीताको रोग थपिएको छ । 

उनको हेरचाह र उपचारमा ध्यान दिनुपर्दा नेपाली राजनीतिका चलायनमा नेता प्रचण्डको परिधि नै खुम्चिएको छ । आठ महिनादेखि थलिएकी छिन्, सीता । 

१० असोजमा सिंगापुरमा उपचार फलोअपका लागि उनीसँग छोरी गंगा र भतिज समिर मात्रै जाने तयारी थियो । तर, सीताले प्रचण्डलाई पनि लैजान जोडबल गरिन् । 

र, पार्टी अध्यक्ष एवंम प्रधानमन्त्री केपी ओलीसमते देशबाहिर रहेका बेला उनी पार्टीका तल्ला कमिटी एकीकरणको व्यस्तता छाडेर पत्नीको उपचारमा सिंगापुर जानुपर्यो । 

३० भदौमा चीन भ्रमणमा जाँदा समेत प्रचण्डले पत्नी सीता, छोरी र नातिनातिना सँगै लग्नुपरेको थियो । पारिवारिक स्रोत भन्छ पत्नीको विरामी अवस्थाले अध्यक्ष प्रचण्डले पहिलेजस्तो राजनीतिक सक्रियता मुस्किल भईरहेको नेपाल साप्ताहिकमा खबर छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्