०६ असार २०८३, शनिबार

तनुश्री दत्तामाथि राखी सावन्तको आरोप, फिल्म सेटमा लागूऔषध लिएर सुतिरहन्थिन्

तनुश्री दत्तामाथि राखी सावन्तको आरोप, फिल्म सेटमा लागूऔषध लिएर सुतिरहन्थिन्

काठमाडौं — बलिउड अभिनेता नाना पाटेकरमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी अभिनेत्री तनुश्री दत्तामाथि अर्की अभिनेत्री राखी सावन्तले आरोप लगाएकी छन् ।

राखीले बताएअनुसार, हर्न ओके प्लीज फिल्मको एक गीतमा उनले तनुश्रीलाई रिप्लेस गरेकी हुन् । राखीले भनिन्, ‘तनुले फिल्मको शूटिङ बीचमै छोडिदिएकी थिइन् । त्यसपछि नृत्यनिर्देशक गणेश आचार्यले मलाई फोन गरेर फिल्म सेटमा आउन भने । अनि नाना पाटेकरले पनि फोन गरेर गीतमा नाचिदेऊ भने । म त्यसपछि तत्कालै सेटमा पुगें ।’

राखी भन्छिन्, ‘सेटमा पुगेपछि थाहा भयो, त्यो गीत तनुश्रीको रहेछ । उनले गीत अलिकति शूट गरेपछि अब म गर्दिनँ भनिछन् । उनी भ्यानिटी भ्यानमा बसिरहेको र सबैले बोलाउँदा पनि नआएको अवस्था रहेछ । त्यतिखेर डेजी शाह
गणेश आचार्यकी सहायक थिइन् र उनले तनुश्रीलाई १० चोटि बोलाउँदा पनि नआएको बताइन् ।’

राखीले खुलासा गरिन्, ‘खासमा त्यो दिन तनुश्री लागूऔषध लिएर चार घन्टासम्म बेहोश थिइन् । तनुश्री आजकल ठूलठूला कुरा गर्छिन् तर उनको वास्तविकता म आज बताइदिन्छु । तनुश्रीको गीत मैले गरेपछि उनले मलाई नोटिस पनि
पठाएकी थिइन् तर फिल्मको टीमले मलाई बचायो र मैले अन्तिम क्षणमा सहायता गरेकोमा कृतज्ञता पनि जनायो ।’

राखीले अन्तिम सास रहुन्जेल नाना पाटेकरको साथ दिने बताइन् । तनुश्रीले बेकारको मीटू अभियान चलाएको उनको भनाइ छ । 

सन् २००८ मा नानाले फिल्म शूटिङका बेलामा आफूसँग जबर्जस्ती गर्न खोजेको र हिरोइनहरूलाई पिट्ने उनको बानी रहेको आरोप तनुश्रीले लगाएपछि बलिउडमा हंगामा मच्चिएको थियो । 

यस विषयमा गणेश आचार्यले नानालाई क्लीन चिट दिइसकेका छन् । 

नानाले पनि यो आरोप सत्य नभएको भन्दै तनुश्रीविरुद्ध मुद्दा हाल्ने बताएका छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्