
काठमाडौं –त्रिभुवन विमानस्थलमा जहाजबाट ओर्लेको पाँच दिनसम्म पनि आफ्नो सामान नआएपछि यात्रुहरू मर्कामा परेका छन् । विभिन्न देशबाट घर फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको पाँच दिनम्म पनि आफ्नो सामानको लगेज नआएपछि यात्रुहरू समस्यामा परेका हुन् ।
वैदेशिक रोजगारीबाट नेपाल फर्किएको पाँच दिनसम्म पनि लगेज नआएपछि यात्रुहरू दिनहुँ त्रिभुवन विमानस्थल जाने र फर्किने गरिरहेका विमानस्थल प्रशासनले जनाएको छ ।
विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले विभिन्न हवाइ कम्पनीहरुको कमजोरीका कारण यात्रुहरूले समस्या बेहोर्नुपरेको बताए ।
तिवारीले भने, ‘यात्रुहरू समस्यामा परेको हामीले देखिरहेका छौं । यो विषयमा सबै एयरलाइन्स कम्पनीसँग छलफल गरिरहेका छौं । छिटोभन्दा छिटो समाधान हुनेछ ।’