
काठमाडौं- नुहाउँदा हामी प्रायः अनेकौं गल्ती गरिरहेका हुन्छौं जसका कारण हाम्रो कपाल र छालामा अनेकौं समस्या आइलाग्छ । सुक्खा छाला, डण्डीफोर र दागधब्बा जस्ता समस्या यस्ता गल्तीले बढाउँछन् ।
लामो समय लगाएर नुहाउने
यसो गर्दा छालाको नमी हराउँदै जान्छ र छाला सुक्खा हुन पुग्छ । अनि छिट्टै चाउरिन्छ छाला ।
स्क्रबरलाई बाथरूममै छोड्ने
नुहाउँदाखेरी शरीरमा घोट्ने स्क्रबरलाई बाथरूममै छोड्दा ब्याक्टेरिया आउन थाल्छन् । यसले छालाको स्वास्थ्यमा हानि पु-याउँछ । घाममा राख्ने गर्नुपर्छ स्क्रबरलाई ।
धेरै स्क्रब गर्ने
गोरो देखिनका लागि बेस्सरी छाला घोट्नु हुँदैन । यसो गर्दा छालाको बाहिरी पत्र खुइलिन्छ अनि संक्रमण हुन सक्छ ।
दिनदिनै श्याम्पू लगाउने
धेरैजसो श्याम्पूहरूमा केमिकल प्रयोग गरिएको हुन्छ । त्यसैले दिनदिनै श्याम्पू लगाउँदा कपालको जरो बिग्रन्छ । कपाल सुक्खा र सेतो हुन थाल्छ ।
कन्डिसनर प्रयोग नगर्ने
श्याम्पू लगाइसकेपछि कन्डिसनर प्रयोग नगर्दा कपाल रुखो हुन पुग्छ ।
व्यायाम गर्नेबित्तिकै नुहाउने
व्यायाम गरेपछि शरीर तातो हुन जान्छ । त्यसैले यसपछि लगत्तै नुहाउँदा शरीर रुघाखोकीले ग्रस्त भइनसक्छ । कम्तीमा पनि एक घन्टापछि मात्र नुहाउनुपर्छ ।
रुमाल बेस्सरी घोट्ने
नुहाइसकेपछि जिउमा बेस्सरी रुमाल घोट्दा छाला र रौंमा हानि हुन जान्छ । यसले छाला सुक्खा बन्छ र रौं पनि झर्छ ।
नुहाएपछि मोइस्चराइजर नलगाउने
नुहाएपछि छालामा नमी हराउँछ । त्यसैले तेल वा मोइस्चराइजर लगाउनुपर्छ ।
पानीको ठूलो बहावमा अनुहार धुने
शावरबाट बेस्सरी पानी आउँछ भने त्यसमा सिधै अनुहार नधुनुस् । अनुहारको छाला अन्य भागको भन्दा बढी संवेदनशील हुन्छ । यसो गर्दा छाला र आँखामा समस्या आउँछ ।
साह्रै तातो वा चिसो पानीले नुहाउने
असाध्यै तातो वा चिसो पानीले नुहाउँदा छालाका तन्तुहरू मरेर जान्छन् । छाला डढ्ने वा सन्न हुने हुन सक्छ ।