२५ असार २०८३, बिहीबार

चर्चित सुन व्यापारीको परिवारका ५ सदस्य  हत्या प्रकरण, १३ वर्षपछि समातिए आरोपी

चर्चित सुन व्यापारीको परिवारका ५ सदस्य  हत्या प्रकरण, १३ वर्षपछि समातिए आरोपी

नेपालगञ्ज–नेपालगञ्जका चर्चित सुन व्यापारी परिवारका पाँच जना सदस्यको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा बाँके प्रहरीले १३ वर्षपछि एक जनालाई पक्राउ गरेको छ । 

नेपालगञ्ज सदरलाइनको न्यू दीप ज्वैलर्सका सञ्चालकहरु गुलाबदेवी हेमकार, जगदेव हेमकार, जगदेवकी श्रीमती सीतादेवी हेमकार, छोरा दीपक हेमकार र कामदार शनिश्चर चौधरीको हत्या भएका थिए । 

हेमकार परिवारको २०६२ फागनु २३ गते राति हत्या गरिएको थियो । हत्याको आरोपमा बाँके प्रहरीले भारत उत्तर प्रदेश सीतापुर विसवा बजारका ६४ वर्षीय किशोरीलाल सोनीलाई पक्राउ गरेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । 

शनिबार राति ८ बजे बाँकेको जमुनहा नाका हुँदै नेपालगञ्ज प्रवेशका क्रममा सोनीलाई पक्राउ गरेको बाँके जिल्ला प्रहरी कार्यालयले आज सार्वजनिक गरेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्