
काठमाडौं-सरकारकै दबाबमा चिनियाँ विमान आयात भएको पाइएको छ । नेपाल वायुसेवा निगमले चिनियाँ विमानको राम्रो अवस्था नदेखेपछि सरकारलाई पत्रमार्फत पहिला भनिएको जस्तो विमान नपाइएको जनकारी गराएको थियो । उक्त विमान नेपालमा उडान गर्न उपयुक्त नभएको पाइएका कारण देखाई सरकारलाई पत्राचार गरेको थियो ।
नेपाल वायुसेवा निगममा दोस्रो कार्यकालमा फर्किएका निगमका कार्यकारी अध्यक्ष मदन खरेलले यस्तो बताएका हुन् । चीनले सम्झौताबमोजिम २०७१ वैशाखमा पहिलो एमए–६० र कात्तिकमा वाई–१२ई विमान अनुदानस्वरुप दिएको थियो । तर केही समयपछि सो विमानमा चरा ठोक्किएको थियो । यो विमान विराटनगरमा १५ दिन ग्राउन्डेड भएको थियो । अाजकाे नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ ।