२७ जेठ २०८३, बुधबार

भ्रष्टाचार मुद्दा लाग्ने भएपछि राजीनामा, ४ वर्षपछि जागिरमा फर्काइयाे

असोज १५, २०७५
भ्रष्टाचार मुद्दा लाग्ने भएपछि राजीनामा, ४ वर्षपछि जागिरमा फर्काइयाे

काठमाडौं– राजीनामा दिएर  स्वीकृत भएको  ४ वर्षपछि नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक आदित्य बराललाई पुनःजागिर मा फर्काइएको  तथ्य खुलेको खबर आजको कारोबार दैनिकमा छापिएको छ । 
 बरालले  २०७१ चै त १५ गते  बोर्डका तत्कालीन कायममुकायम प्रमुख कार्यकारी अधिकृत नन्दिनी लाहे  थापालाई बुझाएको पत्रमा २०७२ वै शाख १४ गते देखि लागू हुने गरी राजीनामा गरि एको  उल्लेख छ ।

राजीनामा दिएको  भो लिपल्टै  अर्थात् २०७१ चैत १६ गते  नै  थापाले  बरालको  राजीनामा स्वीकृत गरेकी थिइन् । तर , राजीनामा स्वीकृत भएको  ४ वर्षपछि बराल पुरानै काममा फर्किए भने  बोर्डले  पनि उनलाई ससम्मान पुर्नबाहाली गरेको  छ ।

बोर्डका तत्कालिन कामु सीईओ  सुवास निराैलासहित वरिष्ठ निदेर्शक अदित्य बराल र  अन्य २ दर्जन कर्मचारीविरुद्ध अनियमितता गरेको  आराेप लगाउँदै  अख्तियार  दुरुपयोग अनुसन्धान आयोगले  २०७१ चैत २० गते  विशेष अदातलमा मुद्दा दायर  गरेको  थियो  । आफूलाई मुद्दा लाग्ने  पूर्व जानकारी अख्तियारबाटै  पाएपछि निदेर्शक बरालले  चैत १५ गते  नै  राजीनामा दिएको  र  हता मै  स्वीकृत भएको  पाइन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्