भियना (अष्ट्रिया), १३ फागुन। अष्ट्रियाका स्वास्थ्य र महिला मामिला मन्त्री साबिने ओबेर्हाउसेरको बिहीबार निधन भएको छ।
क्यान्सरका कारण उहाँको ५३ बर्षकै उमेरमा निधन भएको चिकित्सकहरुलाई उद्धृग गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।
उहाँको क्यान्सर सन् २०१५ को सुरुमै पत्ता लागेर उपचार गराईरहेको भएपनि उपचार सफल हुन नसकेपछि उहाँको निधन भएको हो।
सिकिस्त बिरामी भएपछि उहाँले केही समयदेखि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी निर्वाह गर्न सक्नु भएको थिएन।
केही समय उहाँको स्वास्थ्य अवस्थामा सुधार भएको बताइएको थियो । यही फेबु्रअरीको सुरुमा उहाँलाई फेरी अस्पतालमा भर्ना गरिएको थियो। रासस/सिन्ह्वा