
काठमाडौं। नायिका संचिता लुइँटेलको मुख्य भूमिका रहेको चलचित्र ʻगुनगुनʼको पोष्टर सार्वजनिक गरिएको छ । कार्तिक ३० गतेबाट प्रदर्शनमा आउने चलचित्रले पोष्टर सार्वजनिक गर्दै प्रचारप्रसारलाई अगाडी बढाएको हो ।
सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारहरुलाई समेटिएको छ । पुकार भट्टराईको निर्देशनमा तयार भएको चलचित्रमा संचिताका साथमा रविन्द्र प्रताप सेन, सुवास मेचे, नवीन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भीम मैनाली, बाल्दिप राई, विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको अभिनय छ । चलचित्रले प्रेमसँगै सामाजिक कथा बोल्ने निर्देशक भट्टराई बताउँछन् । भट्टराईको यो डेब्यू निर्देशन हो ।
प्रार्थना फिल्म्सको प्रस्तुतिमा तयार भएको चलचित्रमा हिमाल केसीको द्वन्द्व, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाङ्कन छ ।
एक्सन अभिनेताको पहिचान बनाएका निखिल उप्रेतीको दोस्रो श्रीमती बनपछि चलचित्र क्षेत्रबाट टाढिएकी संचिता तीन वर्षअघि ‘नाईँ नभन्नू ल ३’ मार्फत पुनः चलचित्र क्षेत्रमा फर्किइन् । त्यसपछि संचिताले ‘राधा’, ‘लिला’ हुँदै ‘गुनगुन’सम्म काम गरिन् । ʻगुनगुनʼ बाहेका अहिले संचिताको हातमा अन्य चलचित्र छैनन् । उनि ‘गुनगुन’पछि पुन चलचित्रमा जम्ने दाउमा छिन् । के गुमनाम संचिताको यो दाउ ʻगुनगुनʼले पुरा गर्ला? प्रतिक्षा गरौं ।