
काठमाडौं — यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार जेम्स पी एलिसन र तासुकु होन्जोलाई संयुक्त रूपमा दिइएको छ ।
उनीहरूलाई ‘नकारात्मक इम्युन रेगुलेसनलाई रोक्ने क्यान्सर थेरापीको आविष्कार’ का लागि पुरस्कार दिइएको नोबेल फाउन्डेसनले ट्वीटमार्फत जानकारी दियो ।
फाउन्डेसनले यस वर्षको नोबेल पुरस्कारले क्यान्सरविरुद्धको लडाईंमा कोसेढुंगा थपेको ट्वीट ग–यो । पुरस्कारविजेता वैज्ञानिकद्वयले गरेको आविष्कारबाट रोगप्रतिरोधात्मक कोषिकाहरूका अवरोधलाई हटाएर क्यान्सरग्रस्त
कोषिकालाई आक्रमण गर्ने क्षमताको फाइदा उठाएको छ, ट्वीटमा लेखिएको छ ।
द गार्डियनबाट