०७ असार २०८३, आइतबार

अन्तर्राष्ट्रिय समुदायद्वारा नेपालको पुनर्निर्माणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता

अन्तर्राष्ट्रिय समुदायद्वारा नेपालको पुनर्निर्माणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं–अन्तर्राष्ट्रिय समुदायले नेपालले पुनर्निर्माणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

संयुक्त राष्ट्रसंघको महासभाको सन्दर्भमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको भवनमा आयोजित कार्यक्रममा भाग लिएर सोमबार स्वदेश  फर्किएका  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने, 'विभिन्न चुनौती र जटिलताका बीच पुनर्निर्माण र पुनर्स्थापनाका पक्षमा नेपालले गरेको प्रगतिको अन्तर्राष्ट्रिय समुदायले प्रशंसा गरेका छन् र निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।'

संयुक्त राष्ट्रसंघ, युरोपियन यूनियन र विश्व बैंकद्वारा संयुक्त रुमपा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालको पुनर्निर्माण तथा पुनर्स्थापनाको अवस्था र आगामी कार्ययोजना प्रस्तुत गरेका थिए । 
उनले पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यहरु संविधानको व्यवस्था अनुसार सम्भव भएसम्म स्थानीय तहबाटै गर्ने गरी अघि बढाइएको  जानकारी गराएका थिए । 

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नेपालको पुनर्निर्माणका बाँकी काम सम्पन्न गर्न करिव थप ६ खर्ब रुपैयाँ लाग्ने बताउँदै आर्थिक स्रोत व्यवस्थापनमा आन्तरिक र बाह्य सहयोग आवश्यक भएको बताएका थिए । 

कार्यक्रममा डोमिनिका र नाइजेरियाका मन्त्री, युरोपियन यूनियन, यूनएनडिपीका विज्ञहरु लगायतले विपद् पछिको पुनर्निर्माण, पुनर्स्थापना,  साझेदारी, अर्थतन्त्र लगायतबारे प्रस्तुत गरेका थिए । 

विश्वमा पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी कार्यक्रममा भाग लिन गत मंगलबार ज्ञवाली  अमेरिका प्रस्थान गरेका थिए ।  
 

salt training

कमेन्ट गर्नुहोस्