२२ जेठ २०८३, शुक्रबार

प्रहरी हुँ भन्दै सर्वसाधारणको कोठामा खानतलासी,  लुटेर फरार पक्राउ

प्रहरी हुँ भन्दै सर्वसाधारणको कोठामा खानतलासी,  लुटेर फरार पक्राउ

काठमाडौँ– महानगरीय प्रहरी परिसर काठमाडौँले रु एक लाख ४० हजार लुटेर फरार दुई जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले आज काठमाडौँ महानगरपालिका–१३ कालिमाटी बस्ने भारतका १६ वर्षीय श्यामकुमार शाह र सिन्धुपाल्चोकका २० वर्षीय प्रेम श्रेष्ठलाई पक्राउ गरेको हो । 

पक्राउ परेकासहित अरु चार जनाले आइतबार कलङ्कीका ३८ वर्षीय उमेशप्रसाद केशरीको कोठामा प्रहरी हौँ भन्दै खानतलासी गर्ने निहुँले रकम चोरी गरेर फरार भएका थिए । अन्य चार जनाको भने खोजी भइरहेको परिसरले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्