
काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित गरेका ब्रेट काभानोगमाथि संघीय जाँच आयोग एफबीआईले छानबिन गरिरहेको छ । उनीमाथि लागेको यौन हिंसाको आरोपबारे छानबिन भइरहेको हो ।
उनीमाथि क्रिष्टिन ब्लेजी फोर्डले यौन हिंसाको आरोप लगाएकी थिइन् । यौन हिंसाको आरोप र त्यसपछि विकास भएका घटना क्रमले उनको नियुक्ति अन्यौलमा परेको छ । आरोपपछि काभानोगको सिनेटमा विशेष सुनुवाई भएको थियो र त्यसको केहीअघि मात्रै अर्की महिलाले पनि यौन हिंसाको आरोप लगाएपछि छानबिनको जिम्मा एफबीआईमा गएको हो ।