
काठमाडौं– काठमाडौंको सुकेधारामा गएराती भएको सवारी दुर्घटना पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौं मण्डिखाटार बस्ने ६५ वर्षीय कृष्णप्रसाद मैनालीको मृत्यु भएको हो ।
नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको महानगरिय प्रहरी वृत्त महाराजगंजले जनाएको छ ।
राती करिब ९ बजे उनलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी साधन र चालकको खोजी भैरहेको प्रहरीले जनाएको छ ।