३१ जेठ २०८३, आइतबार

राजपामा विवाद : पार्टी अध्यक्षले कि अध्यक्षमण्डलले हाँक्ने  ?

असोज १६, २०७५
राजपामा विवाद : पार्टी अध्यक्षले कि अध्यक्षमण्डलले हाँक्ने  ?

काठमाडौं–राष्ट्रिय जनता पार्टीमा एक अध्यक्षको नेतृत्व रहने कि अध्यक्षमण्डलको भन्नेमा विवाद चुलिएको छ । 
पार्टी विधान तयार गर्न आइतबार र सोमबार बसेको अध्यक्षमण्डलको बैठकले अध्यक्ष कि अध्यक्षमण्डलको नेतृत्व भन्नेमा सहमति खोज्न सकेन ।

विवादको निकास दिन नसकेपछि बैठकले अपुरो अन्तरिम विधान पारित गरेको छ । प्रदेश नेतृत्व पनि अध्यक्ष कि अध्यक्षमण्डल भन्नेमा विवाद छ । नेतृत्वको टुंगो पछि लगाउने गरी सोमबार विधानमा हस्ताक्षर भएको अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादवले जानकारी दिए । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्