३० असार २०८३, मंगलबार

‘यामाहा एक्सचेन्ज एन्ड अपग्रेड’ अभियान शुरू

‘यामाहा एक्सचेन्ज एन्ड अपग्रेड’ अभियान शुरू

काठमाडौं – नेपालमा सबैभन्दा बढी रुचाइएको मोटरसाइकल ब्रान्डमध्ये एक यामाहाले ग्राहकका लागि साताव्यापी ‘एक्सचेन्ज एन्ड अपग्रेड’ अभियान शुरू गरेको छ ।

अभियानअन्तर्गत यामाहा ब्रान्डको मोटरसाइकल वा स्कुटरसँग कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल र स्कुटर एक्सचेन्ज गर्दा सर्वोत्कृष्ट मूल्यांकन पाइने छ । यामाहाको ग्राहक–केन्द्रित अभियान नेपालभरका यामाहा सोरुममा १४ असोजदेखि १९ असोजसम्म सञ्चालन हुनेछ । 

‘अहिलेको समय पुराना मोटरसाइकल वा स्कुटर साटेर प्राविधिक रुपमा अत्याधुनिक यामाहामा अपग्रेड हुने सबैभन्दा उत्तम समय हो,’ एमएडब्लू इन्टरप्राइजेज, टु–ह्विलर डिभिजनका सीइओ चिरञ्जीवी शाहले भने, ‘यो अवधिमा ग्राहकले जुनसुकै ब्रान्डका पुरानो मोटरसाइकलको सबैभन्दा उच्चतम् मूल्यांकन पाउनुहुनेछ । साथै, जुनसुकै ब्रान्डका जस्तोसुकै अवस्थाका मोटरसाइकलको कम्तिमा ३० हजार रुपैयाँ मूल्यांकन पाउनुहुनेछ ।’

भर्खरै यामाहाले महान चाड दशैं र तिहारलाई लक्षित गरी ‘विजय यात्रा’ नामको योजना ल्याएको थियो । जसमा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले कम्तिमा ७ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म नगद छुट पाउने छन् ।

त्यसैगरी, हरेक हप्ता हुने लक्की ड्रमा १ जनाले ब्रान्ड न्यु यामाहा आर३ जित्न सक्ने छन् । लक्की ड्रको प्रत्यक्ष प्रसारण एभिन्युज टेलिभिजन र यामाहा नेपालको फेसबुक पेजमा हरेक सोमबार बेलुका ७ बजेर ५५ मिनेटमा प्रत्यक्ष प्रसारण हुनेछ ।

दशैंकै अवसरमा यामाहाले हरेक मोटरसाइकल वा स्कुटरको टेस्ट राइडमा सप्राइस गिफ्ट प्रदान गर्दै आएको छ भने यामाहा स्कुटर वा सलुटो बाइक २० प्रतिशत डाउन पेमेन्टमा समेत उपलब्ध गराउँदै आएको छ ।

यामाहाका मोटरसाइकल र स्कुटर प्याटेन्टेड ‘ब्लु कोर’ प्रविधि रहेको इन्जिन छन् । यामाहाको आर र एफजी सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ । जसले परफर्मेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका बाइकमा माइलेज बढी पाइन्छ ।

salt training

कमेन्ट गर्नुहोस्