बाँके, १३ फागुन - नेपाल पत्रकार महासङ्घ बाँके शाखाको ११ औं अधिवेशनले ठाकुरसिंह थारुको नेतृत्वमा २० सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
शाखाको उपाध्यक्षमा प्रदीप वाग्ले, उपाध्यक्ष (महिला)मा रुपा गहतराज, सचिवमा तिलक गाउँले, सहसचिवमा काशीराम शर्मा, सहसचिव (समावेशी)मा शकिल कादरी र कोषाध्यक्षमा केशव राना निर्वाचित भएका छन् ।
त्यसैगरी कार्यसमितिमा पाँच जना समावेशी र आठ जना खुला सदस्यसमेत निर्वाचित भएको निर्वाचन समितिका सदस्य केशव कोइरालाले जानकारी दिए ।
उहाँका अनुसार २१ जना केन्द्रीय पार्षद्समेत निर्वाचित भएका छन् भने प्रदेश पार्षद्मा ३२ जना निर्विरोध निर्वाचित भएका छन् ।
प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल र प्रगतिशील पत्रकार समूहको सयुंक्त प्रगतिशील प्यानलले पूर्ण बहुमत निर्वाचित भएको छ भने नेपाल प्रेस युनियन, स्वतन्त्र पत्रकार समाज र प्रेस मञ्चको संयुक्त लोकतान्त्रिक समूह गरी छुट्टाछुट्टै निर्वाचनमा होमिएका थिए ।