०२ साउन २०८३, शनिबार

स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षाले छाप्ने

कात्तिक २०, २०७४
स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षाले छाप्ने
काठमाडौँ, १३ फागुन - निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षा सामग्री केन्द्रमा छाप्ने भएको छ ।Election-Commission-Nepal

आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवलगायतका पदाधिकारीले आज केन्द्रको स्थलगत निरीक्षण गरि मतपत्र छपाइलगायतको कार्यका विषयमा छलफल गरेपछि उक्त निर्णय गरेको हो ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मतपत्र छपाईका लागि आवश्यक पर्ने जनशक्ति, प्रेसको अवस्था तथा अन्य प्राविधिक तथा सुरक्षात्मक हिसाबले पनि केन्द्र नै उपयुक्त रहेको निष्कर्षका आधारमा मतपत्र छपाइको कार्य केन्द्रले नै गर्ने निर्णय गरिएको बताए ।

आयोग पदाधिकारीले केन्द्रको सम्पूर्ण अवस्था एवम् छपाइको सम्पूर्ण कार्यका बारेमा समेत चासो राखेको र केन्द्रका पदाधिकारीले आयोगले दिने सम्पूर्ण जिम्मेवारी समयमा नै निर्वाह गर्ने वचन दिएका थिए ।

विसं २०३६ सालको जनमत सङ्ग्रहदेखि हालसम्मका सबै निर्वाचनको मतपत्र केन्द्रले नै छाप्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्