१४ असार २०८३, आइतबार

पत्याउनु हुन्छ? विदेशबाट चामलपछि हुन्छ सबैभन्दा धेरै मोवाइल आयात

कात्तिक २०, २०७४
पत्याउनु हुन्छ? विदेशबाट चामलपछि हुन्छ सबैभन्दा धेरै मोवाइल आयात
काठमाडौं, १४ फागुन – बढ्दो माग पुरा गर्न नेपालमा हरेक महिना २ अर्ब रुपैयाँ बराबरको मोबाइल सेट भित्रने गरेको छ । भन्सार विभागको पछिल्लो विवरण अनुसार मोबाइल सेटको आयात बढेको देखिएको हो ।Mobile-phone

आचु आर्थिक बर्ष पहिलो सात महिनाको तथ्यांकलाई आधार मान्दा मोवाइल सेट डिजेल पेट्रोल, आइरन स्टिल, अटोमोबाइल र धानचामलपछि सबैभन्दा धेरै आयात हुने वस्तुमा पर्ने खबर आजको कान्तिपुरमा छ ।

गत साउनदेखि माघ मसान्तसम्मको आयातलाई मासिकमा रुपान्तरण गर्दा हरेक महिना नेपालमा विभिन्न मुलुकबाट १ अर्ब ९७ करोड ९८ लाख २२ रुपैयाँ बराबरका मोवाइल सेट आयात हुने गरेको छ ।

नेपालमा अहिले हरेक महिना औसतमा ५ लाख १६ हजार २ सय ८५ वटा मोवाइल सेट आयात भएको देखिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्