१४ असार २०८३, आइतबार

आन्तरिक विवाद समाधान गर्ने प्रयासस्वरुप नेकपाले सचिवालय बैठक बोलायो

असोज २०, २०७५
आन्तरिक विवाद समाधान गर्ने प्रयासस्वरुप नेकपाले सचिवालय बैठक बोलायो

काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयको बैठक आइतबार बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार भएको छलफलबाट बैठक मिति तय भएको हो । 
पार्टीको जनवर्गीय सङ्गठन, विभाग लगायत तल्ला समितिको एकीकरणको विषयमा छलफल हुनुको साथै सरकारको काम कारबाहीको बारेमा सचिवालयमा छलफल हुने बताइएको छ । पार्टीभित्र पछिल्लो समय देखिएको आन्तरिक विवादका विषयमा पनि सचिवाललयमा छलफल हुने बताइएको छ । गोरखापत्र दैनकिमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्