
काठमाडौं–उद्योगमन्त्री मातृका यादवले पेट्रोलियम पदार्थको मूल्यवृद्धि स्वाभाविक भएको बताएका छन् ।
आजको नयाँ पत्रिकामा उनले भने छन्– म मन्त्री भएको दिनमा डलरको भाउ १०२ रुपैयाँजति थियो । अहिले ११७ रुपैयाँ ६० पैसाभन्दा माथि छ । मधेसको धानजस्तो त पेट्रोल होइन नि । रामेछापको आलुजस्तो पनि होइन, आफ्नै उत्पादन पनि होइन किन भाउ बढ्यो भन्नका लागि यो त डलरमा किन्नुपर्छ ।