२० असार २०८३, शनिबार

देउवाले एकपक्षीय रुपमा पार्टी चलाएको भन्दै रामचन्द्र पक्ष असन्तुष्ट

कात्तिक २०, २०७४
देउवाले एकपक्षीय रुपमा पार्टी चलाएको भन्दै रामचन्द्र पक्ष असन्तुष्ट
काठमाडौं, १४ फागुन-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकलौटी चल्न खोजेको आरोप वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले लगाएको छ ।

शनिबार विहान बसेको पौडेल पक्षको बैठकले सभापति देउवाले सहमतिविपरीत पार्टीलाई एकपक्षीय रुपमा सञ्चान गरेको भन्दै तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरेको छ । यसअघि शुक्रबार पौडेल पक्षको बैठक महान्त्री शशांक कोइरालाको निवासमा बसेको थियो ।

पौडेल पक्षले पार्टीलाई सहमति र संस्थागत रुपमा सभापतिले सञ्चालन नगरेका भन्दै आपत्ति जनाएका थिए । उनीहरुले राजदूत सिफरिसमा समेत देउवाले पार्टीमा सल्लाह नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । सरकारको कामकारबही सन्तोषजनक नभएको भन्दै बैठकमा सहभागी एक नेताले बताए ।

पौडेल पक्षले आर्थिक कारोबारको आधारमा राजदूत नियुक्त गरिएको भन्दै राजदूत सिफारिसमा पारेकाहरुको फिर्ता र तत्काल केन्द्रीय समितिको बैठक बोलाउन माग गर्दै लिखित पत्र दिने तयारी गरेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्