०२ असार २०८३, मंगलबार

घुस लिने कर्मचारीलाई पक्रिँदै हिँड्ने डीएसपी नै अख्तियारको फन्दामा

असोज २१, २०७५
घुस लिने कर्मचारीलाई पक्रिँदै हिँड्ने डीएसपी नै अख्तियारको फन्दामा

काठमाडौं– डीएसपी श्यामकुमार राई केही महिनाअघिसम्म घुस लिने कर्मचारीलाई पक्रिँदै हिँड्थे । 
उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘स्टिङ अपरेसन टीम’ मा थिए । तर, शनिबार आफैं अख्तियारको ‘स्टिङ अपरेशन’ को फन्दामा परेका छन् । 
महानगरीय प्रहरी बृत्त बौद्धको कार्यालयबाटै उनी एक लाख ४० हजार घुससहित पक्राउ परेका हुन् । अख्तियारका एसपी प्रवीण पोखरेल नेतृत्वको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो । नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्