
काठमाडौं, १४ फागुन १४– स्ववियु चुनाव अन्तर्गत आज उमेदवारी दर्ता गर्ने कार्य तालिका भएपनि रत्नराज्यलक्ष्मी क्याम्पसमा हुन सकेको छैन ।
संयुक्त विद्यार्थी संघर्ष समितिले क्याम्पसमा तालबन्दी गरेसँगै निर्वाचन प्रक्रिया रोकिएको हो ।
आगामी बुधबारका लागि तय भएको स्ववियु चुनावमा स्नातक तह तेस्रो वर्ष र स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी उम्मेद्वार बन्न पाउने तर परीक्षा दिएपछि पद स्वतः खारेज हुने व्यवस्था भएको भन्दै विद्यार्थीले तालाबन्दी गरेका हुन् । नेविसंघ र अनेरास्ववियु क्रान्तिकारीलगायतका विद्यार्थी संगठनले यस्तो व्यवस्था खारेज गर्न माग गरेका छन् ।
आरआरमा यसअघि पनि नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारीले विद्यार्थीको सूचीमा तीन सय बढी सार्वजनिक भएको भन्दै तालाबन्दी गरेको थियो ।